आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुसी सेनामा भर्ती भएका ४ नेपालीको मृत्यु

सोमबार, २८ जेठ २०८१, १७ : ००
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा मृत्यु भएको छ ।  युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र  दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो । 

यस्तै थपलियाको ११ महिनाअघि नै मृत्यु भएको थियो । दूतावासले मृतक तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौँ त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको छ । जसको बोधार्थ परराष्ट्र मन्त्रालय र युरोप–अमेरिका महाशाखालाई दिइएको छ । उक्त पत्रमा रुसी सेनाले टेलिग्राममार्फत मृत्युको जानकारी दिएको उल्लेख गरिएको छ । 

पछिल्लो समय रुसी सेनामा भर्ती हुनेको संख्या बढिरहेको बताइन्छ । रुसी सेनामा भर्ती कार्य गैरकानुनी भएपनि नेपाली युवाहरुको आकर्षण बढिरहेको हो । 

 

परराष्ट्र मन्त्रालयले पत्र पाए पनि युद्धमा नेपाली मारिएको विषयमा कुनै औपचारिक जानकारी दिइसकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप