आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

भूकम्प पीडितको त्रिपालको टहरामा आगलागी, धनमाल जलेर नष्ट

सोमबार, २८ जेठ २०८१, १८ : १६
सोमबार, २८ जेठ २०८१

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–६, को भारगाउँमा भूकम्प प्रभावित बस्दै आएको त्रिपालमा आगलागी भएको छ । मंगलबार साँझ स्थानीय पूर्णबहादुर विक र बलबहादुर विकको त्रिपालको टहरामा आगलागी भएको हो । 

मंगलबार साँझ खाना पकाउने क्रममा एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक रगुविर केसीले रातोपाटीलाई जानकारी दिए । भूकम्पबाट प्रभावित उनीहरु नाताले दाइ भाइ पर्छन् । दुवैको घर गत कार्तिक १७ गते मध्यरातीको भूकम्पले भत्काएको थियो । 

त्यसपछि उनीहरु त्रिपालमा बस्दै आएका थिए । ‘चिसो बढ्नथालेपछि चिसो छेक्न त्रिपालमाथि खर फालेका थिए,’ केसीले भने, ‘ पूर्णबहादुरको त्रिपालभित्र खाना पकाउने क्रममा एक्कासि आगो लाग्यो र खर भएका कारण बलबहादुरको त्रिपालसम्म पुग्यो ।’ 

क्षतिबारे दल्लीबाट प्रहरी गएर मुचुल्का उठाइसकेको उनले बताए । आगलागीबाट एक क्वीन्टल आलुको बीउ, १०० केजी फापर, दाल, सिमी, भटमास गरी १० केजी, नुनदेखि लत्ताकपडा, विस्तार सबै जलेको उनले बताए ।

पूर्णबहादुरको ८० हजार बराबरको धनमाल नष्ट भएको छ भने बलबहादुरको १ लाख २० हजारको धनमाल नष्ट भएको उनको भनाइ छ । 

‘दुबै जना भूकम्प पीडित हुनुहुन्छ, घर भूकम्पले भत्काएपछि बस्न नमिल्ने थियो,’उनी भन्छन्, ‘उनीहरुलाई त्रिपालको व्यवस्था गरेर बस्ने वातावरण मिलाइएको छ ।’ 

अन्त ठाउँमा धमाधम अस्थायी आवास निर्माण गर्ने क्रम चलेपनि भारगाउँमा सुरु हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप