आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार

सोमबार, १८ मङ्सिर २०८०, २१ : २५
सोमबार, १८ मङ्सिर २०८०

आज २०८० मंसिर १३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

अनलाइन ठगी प्रकरण

पछिल्लो समय अनलाइन माध्यमबाट हुने ठगी बढेको छ । २०८० साउन पछिको चार महिनाको अवधिमा काठमाडौँ उपत्यकामा मात्रै ५ सय ९ जना अनलाइन माध्यमबाट ठगिएका छन् । ५०९ जनाले चार महिनामा ९ करोड ५४ लाख रकम गुमाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रास्वपा बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जना पदाधिकारी थपेको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको जानकारी दिएका हुन्  ।

आजियाटा नेपालबाट किन बाहिरिँदैछ ?

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजियाटाले नेपालबाट बाहिरिने निर्णय गरेको छ । मलेसियन दूरसञ्चार लगानीकर्ता कम्पनी आजियाटाले नेपालको आर्थिक अवस्थालाई कारण देखाउँदै लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपालबाट आफ्नो लगानी फिर्ता लैजाने निर्णय गरेको हो ।

कार्यसम्पादन समीक्षा

सरकार गठन भएको एक वर्ष पूरा हुनै लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभागीय मन्त्रीहरूको कार्यसम्पादन समीक्षा गर्ने तयारी गरेका छन् । यसअघि साउन २६ गते प्रधानमन्त्री प्रचण्डले ‘कार्यसम्पादन नियमावली–२०६४’मा टेकेर विभागीय मन्त्रीका बिचमा वार्षिक कार्यसम्पादन सम्झौता गरेका थिए । सम्झौता अनुसार काम नगर्ने मन्त्रीहरूलाई कारबाही गर्ने चेतावनीसमेत उनले दिएका थिए ।

कांग्रेस बैठक

सत्तारुढ प्रमुख घटक नेपाली कांगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ ।  बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संघीय गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो । 

मन्त्रिपरिषद्को निर्णय

सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

रुसी सेनामा नेपाली

 रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा मृत्यु भएको छ ।  युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र  दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो । 

हुलाकबाट गाँजा सप्लाई

गत भदौ २५ गते अमेरिका पठाउने ठेगानाबाट एउटा कार्टुन हुलाक मार्फत नेपाल आयो । उक्त कार्टुन ड्रोथी ह्यारिसले पठाएका थिए भने उक्त सामान पोखरामा भएका सावन गर्जले पाउनुपर्ने थियो । सबै नामहरू फेक थिए । 

भ्रमण वर्ष विशेष

सरकारले सन् २०२३–२०३३ लाई भ्रमण दशक घोषणा गरेको छ । १० वर्षमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण दशकको सुरुवाती वर्ष अर्थात् सन् २०२३ मै १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।

रास्वपा बैठक

कोशी प्रदेशसभा बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ । मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप