आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिग फुटबलमा आज धनगढी एफसी र बुटवल लुम्बिनीबिच प्रतिस्पर्धा

मङ्गलबार, १९ मङ्सिर २०८०, ०६ : ३१
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज  धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबिच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा हुनेछ ।

यसअघि हिजो भएको अ‍ेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा टुङ्गिएको थियो । खेलमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका हुन् । खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले एक–एक अङ्क बाँडेका छन् । 

त्यस्तै दुवै टोलीले यसअघि भएको पहिलो खेलमा जित हात पारेका थिए । यस खेलसँगै दुवै टोलीको समान दुई खेलमा समान चार–चार अङ्क जोडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप