आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजारमा तरलता थुप्रिएपछि १५ अर्ब तान्दै राष्ट्र बैंक

मङ्गलबार, १९ मङ्सिर २०८०, ११ : ४६
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत पैसा तान्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन औजारमार्फत १५ अर्ब रुपैयाँ तान्ने भएको हो । 

बुधवार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदरसहित निक्षेप प्रस्ताव गर्न आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 

निक्षेप संकलनको बोलकबोल २०८० मंसिर १४ गते अर्थात् आज दिउँसो २ अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । निक्षेप संकलनको निष्काशन भने २०८० मंसिर १४ गते हुनेछ ।  निक्षेप संकलनको साँवा ब्याज भुक्तानी २०८० मंसिर २१ गते हुने केन्द्रीय बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप