आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकले लाभांश नबाँड्ने

मङ्गलबार, १९ मङ्सिर २०८०, ११ : ५१
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । एनएमबी बैंकले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफा सञ्चित गर्ने भन्दै लाभांश वितरण नगर्ने भएको हो ।

नेपाल स्टक एक्सचेन्जलाई एनएमबीले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने जानकारी दिएको छ । बुधवार बसेको कम्पनीको ४५८औँ सञ्चालक समितिले यस्तो निर्णय गरेको जनाइएको छ ।

कम्पनीको सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट र आगामी साधारण सभाबाट पारित हुनुपर्ने छ । बैंकले अघिल्लो आर्थिक वर्षमा लगानीकर्तालाई ८.२५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप