आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक

विपिन जोशीलाई रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायससँग समितिको आग्रह

मङ्गलबार, २९ जेठ २०८१, १३ : ४३
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो आग्रह गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए । 

‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ’, सभापति यादवले भने, ‘नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप