जुवातास खेल्दा खेल्दै ५ जना पक्राउ
मङ्गलबार, २९ जेठ २०८१, १४ : २९
कास्की । पोखरा महानगरपालिका-९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवा खेलाएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।