आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि...

मङ्गलबार, २९ जेठ २०८१, १४ : २९
मङ्गलबार, २९ जेठ २०८१

रणवीर कपुरको शीर्ष भूमिका रहेको एनिमलको प्रमोसन भइरहेको छ । यसैबिच रणवीर कपुर र फिल्मकी हिरोइन रश्मिका मन्दना सिंगिङ्ग रियालिटी शो इन्डियन आइडलमा अतिथिको रुपमा गएका थिए ।

यहीबेला स्टेजमा रणवीर र रश्मिकाको साथमा कार्यक्रमका जजहरु कुमार सानु र श्रेया गोषलले सामीको हुक स्टेपमा नाचेका थिए । रश्मिकाले सबैलाई नाच्न सिकाएकी थिइन् । यो गीत अल्लु अर्जुनको ब्लकबष्टर फिल्म पुष्पाको हो । फिल्ममा अल्लुसँग रश्मिकाको जोडी देखिएको थियो ।

डिसेम्बर १ मा रिलिज हुँदैछ एनिमल

एनिमल डिसेम्बर १ अर्थात् भोलि शुक्रबार रिलिज हुँदैछ । यस फिल्ममा अनिल कपुरले रणवीरको पिताको भूमिका निभाउँदै छन् । बबी देओल भने खुंखार भिलेनको रुपमा देखिँदैछन् । बाउ छोराबिच अल्झिएको सम्बन्ध वरपर घुमेको यो फिल्म ग््याङ्गस्टर फिल्म भएको बताइएको छ ।

यो फिल्म रणवीरको करियरको सबैभन्दा ठूलो फिल्म हुने आशा गरिएको छ । एड्भान्स बूकिङबाट मात्रै फिल्मले १४ करोड भारु कमाई सकेको छ । केही ट्रेन्ड एनालिष्टले फिल्मको ओपनिङ कलेश्न १ खर्ब भारु कमाउने बताइरहेका छन्  । सो प्रक्षेपण पूरा होला नहोला । तर फिल्म रणवीरको सबैभन्दा धेरै ओपनिङ्ग कलेक्शन गर्ने फिल्म बन्न सक्ने सम्भावना चाहिँ उच्च बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप