आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष एमालेमा फर्किए

मङ्गलबार, २९ जेठ २०८१, १४ : ५३
मङ्गलबार, २९ जेठ २०८१

धनगढी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र बैतडी जिल्ला अध्यक्षसहितका नेता कार्यकर्ताहरु नेकपा एमालेमा फर्किएका छन् ।

बिहीबारदेखि नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको क्रममा उनीहरु एमालेमा फर्किएका हुन् ।

बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिएको आमसभाको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र विष्ट,  बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेताहरुलाई एमालेमा फर्किएका हुन् ।   

त्यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित काग्रेंसकी महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष समेत भएका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप