आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउँछौँः सांसद राणा

मङ्गलबार, २९ जेठ २०८१, १५ : ३५
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छन् । 

बिहीवार काठमाडौंमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरुको रुपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरुले केन्द्रिय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताइन् । 

उनले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन् । उनले पार्टीका विभागहरुमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाइन् । उनले आफूहरु पार्टीका विभागहरु भोट हाल्न मात्रै बसेको हो ? भन्दै प्रश्न गरिन् । उनले संविधान नै संशोधन गरेर भएपनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने बताइन् । उनले ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनैपर्ने बताइन् ।

उनले भनिन्, ‘महिलाहरु वडा महिला सदस्य र दलित महिला सदस्यमा मात्रै उठ्ने होइन । त्यही लेभलमा बस्ने हो ? त्यसमा बस्दैनौँ भन्नुभयो, त्यो धेरै हिम्मतको कुरा हो । हामीले हाम्रो पार्टीमा त दबाब दिइसकेका छौँ । हामीले केन्द्रिय समितिमा पनि महिलाहरुले कुरा उठाइसके । अरु पार्टीका सदस्यहरुले पनि कुरा उठाउनुपर्छ । नेपाली काँग्रेस पार्टीको महासमिति पनि आउन लागेको छ । त्यहाँ पनि हामीले एउटा महिला पदाधिकारीका कुराहरु पनि हामी उठाउँछौँ । हरेक लेभलमा खालि किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, महामन्त्री किन छैन ? अरु पोस्टमा पनि महिला हुनसक्छ नि । अहिले विभागहरु बनिरहेको छ, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ । विभागको नेतृत्व । खालि मेम्बर मात्रै हुने । हामी भोट मात्रै हाल्ने ? हाम्रो आवाज सुन्नु परेन । त्यसो हुनाले अब संविधान नै संशोधन गरेर भएपनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्छ । संविधान संशोधन हुनसक्ने कुरा हो । जस्तो समुदायको माग र समाजको माग हुन्छ, त्यही शिरोबाट परिवर्तन गरेर अघि बढ्ने हो । सबै पार्टीका महिलासँग कुरा गरी रणनीति बनाएर ३३ प्रतिशत महिलाको डाइरेक्ट इलेक्शन लड्ने ठाउँ अब बनाउनै पर्छ ।’

सांसद राणाले सबै ठाउँमा महिला–महिलाबीच प्रतिष्पर्धा गर्ने स्थान हुनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप