आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले गरे अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण

मङ्गलबार, २९ जेठ २०८१, १५ : ३९
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । 

कोप–२८ मा सहभागी हुन युएई पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यसक्रममा नेपाली समुदायको हितमा भए/गरेका काम कारबाहीको जानकारी लिएका छन् । 

उनले दूतावासका अधिकारीहरुलाई सेवाप्रवाह अझ प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा भाग लिन बुधबार राति दुबई गएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप