आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली र विदेशीलाई एउटै हवाई भाडा कायम गर्न धवलशमशेर राणाको माग

मङ्गलबार, २९ जेठ २०८१, १६ : ५०
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले आन्तरिक हवाई उडानमा नेपाली र विदेशी पर्यटकलाई एउटै हवाई भाडा कायम गर्नुपर्ने बताएका छन् ।  बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद राणाले आन्तरिक उडानमा नेपाली र विदेशीका लागि फरक भाडादार राखिएकोले त्यसलाई परिवर्तन गर्नुपर्ने बताए । 

सांसद राणाले नेपालीलाई पाँच–छ हजार रुपैयाँ पर्ने हवाई भाडा विदेशीलाई भने २ सय डलर तोकेर विदेशीलाई नेपाल नआऊ भन्न खोजेको हो भन्दै प्रश्न गरे । एउटै उडानमा नेपालीलाई भन्दा विदेशीलाई पाँच–छ गुणा बढी भाडा भएकोले विदेशीहरूले अन्तर्राष्ट्रिय उडान भन्दा पनि आन्तरिक उडान महँगो भनेर गुनासो गर्ने गरेको बताए ।

सांसद राणाले नेपालमा पर्यटन विकासका लागि यस्तो नीति हटाउनुपर्नेमा जोड दिए । उनले सरकारलाई कुनै काम गर्नका लागि समितिले आग्रह गर्ने नभई आदेश दिने नीति लिनुपर्नेमा पनि उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप