आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी  नियुक्त

मङ्गलबार, २९ जेठ २०८१, १८ : ०८
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । सरकारले लामो समयदेखि रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ ।

यसअघि उनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ थिए भने गएको साल सेवा निवृत्त भएका थिए । यस्तै, उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुख भएर काम गरिसकेका छन् ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा.सिनेन्द्र उप्रेती बनेका थिए । उनले बोर्डले गर्दै आएको  कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

यस्तै, सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा सुबोध कुमार शर्मालाई नियुक्त गरिएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप