आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घुस रकमसहित सब–इन्जिनियर अख्तियारको नियन्त्रणमा

मङ्गलबार, २९ जेठ २०८१, १९ : ५१
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सब–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार बुढानिलकण्ठ नगरपालिकाका सब–इन्जिनियर   टिकाराज राईलाई ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

सब–इन्जिनियर राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । 

उनलाई बुढानिलकण्ठ नगरपालिका–७ बाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  अख्तियारले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप