आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतले ९७ तेजस लडाकु विमान र १५० प्रचण्ड हेलिकप्टर खरिद गर्ने

मङ्गलबार, २९ जेठ २०८१, २० : ४५
मङ्गलबार, २९ जेठ २०८१

नयाँ दिल्ली । भारत सरकारले ९७ वटा तेजस क्लास लडाकु विमान र १५० प्रचण्ड क्लास हेलिकप्टर खरिद गर्न बिहीबार प्रारम्भिक स्वीकृति दिएको छ । 

समाचार एजेन्सी पीटीआईले आधिकारिक स्रोतहरूको हवाल दिँदै रक्षा मन्त्री राजनाथ सिंहको नेतृत्वमा रक्षा अधिग्रहण परिषद्ले पनि सुखोई ३० लडाकु फ्लीटलाई वायुसेनामा अपग्रेड गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो ।

यसका लागि सरकारले १.३ लाख करोड भारतीय रुपैयाँ खर्च गर्नुपर्ने अनुमान गरिएको छ । यससँगै रक्षा मन्त्रालयले छिट्टै परिषद्द्वारा स्वीकृत प्रस्तावहरूको बारेमा थप जानकारी दिने समाचारमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप