आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेटलाइफ एसियाका क्षेत्रीय प्रेसीडेन्टद्वारा नेपाल भ्रमण

बिहीबार, ०६ वैशाख २०८१, १२ : ०१
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ । 

नोभेम्बर २९ मा आफ्नो एक दिने भ्रमणको क्रममा ओलिभरले कर्मचारी र अभिकर्ताहरूसँग भेटघाट गर्ने लगायत धेरै कार्यक्रमहरूमा भाग लिए, जसले नेपालमा मेटलाइफका सबै सरोकारवालाहरूलाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाएको बताइउको छ ।

ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष रहेका छन् । उनले मेटलाइफको कोषाध्यक्ष र रणनीति प्रमुखको रूपमा सेवा गरे । उनको एसियाका जापान र हङकङमा दुई अघिल्लो पोस्टिंगहरू भइसकेका छन् । उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य तथा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य र कोषाध्यक्ष रहेका छन् । 

मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रूपमा सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप