आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘तिम्रो मनमा लुकेको कुरा’ मा भुवन र शर्मिलाको अभिनय

बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । एक समयको सुपरहिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन बनेको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच गीत गीतको सार्वजनिक गरिएको हो ।

३३ बर्ष अघि निर्माण भएको फिल्म ‘चिनो’मा समाबेस ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए । गीतमा रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द थियो । अहिलेको रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ र गायिका अन्नु चौधरीको स्वर छ ।

गीत सार्वजनिक कार्यक्रममा संगीतकार रन्जित गजमेर, अभिनेत्री शर्मिला मल्ल, अभिनेत्री गौरी मल्ल, निर्माता मोहन सराफ लगायत बाक्लो उपस्थिती थियो ।

गीतको भिडियोमा भुवन केसी, शर्मिला मल्ल, सुरविर पण्डित, शिशिर भण्डारी, शंकर श्रेष्ठ, अश्विनी शाहीको अभिनय छ । सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहको सम्पादन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया