आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

नेपालमा पहिलो समलिङ्गी जोडीको मान्यता पाएपछिको खुसी ! (तस्बिरहरू)

बिहीबार, ०६ वैशाख २०८१, १३ : ५९
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । नेपालको पहिलो समलिङ्गी जोडीको मान्यता पाएर अस्थायी विवाह दर्ता गरी काठमाडौँ आएकी माया गुरुङले शुक्रवार बिहान ठमेलमा विवाह दर्ता प्रमाणपत्रसहित फोटो खिचाइन्  । ६ वर्षअघि हिन्दु परम्परा अनुसार पञ्चेबाजा बजाएर विवाह बन्धनमा बाँधिएका सुरेन्द्र पाण्डे र माया गुरुङले आफ्नो जीवनको अधिकांश समय विवाह दर्ता र आफ्नो पहिचानको लागि लडेरै बिताएका छन् ।

samlingi-bibaha (1)1

नेपालको कानुनले समलिङ्गीलाई मान्यता नदिने र विवाहबारे पनि मौन रहेकोले आफ्नो अस्तित्वको लागि दुवैले कानुनी लडाइँ सुरु गरेका थिए । केही महिनाअघि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशमा टेकेर लम्जुङ्गको दोर्दी गाउँपालिकाले दुबैलाई विवाह दर्ता गरिदिएपछि यी दुईको लडाइँको एक अध्याय सफल भएको छ ।

samlingi-bibaha (2)

‘हामीले जति दुःख, भोगाइ र कष्टको सामना गर्‍यौँ । हामी जस्तै अन्य जोडीले त्यो समस्याको सामना गर्नु नपरोस् भनेर हामी लागि परेका छौँ । हामीले संस्था पनि दर्ता गरेका छौँ । त्यसमार्फत हामी सबैलाई काउन्सिलिङ् दिने र कानुनी सहायताका विषयमा काम गर्ने छौँ’ सुरेन्द्रले भने । बिहे दर्ताको प्रमाणपत्र केवल प्रमाण पत्र मात्रै होइन । उनीहरूको वर्षौं देखिको लडार्इंको पुरस्कार हो । उनीहरुले यौनिक अल्पसङ्ख्यकको लागि लडेको लडार्इंको नतिजा हो, जुन उनीहरूका लागि कुनै ट्रफी भन्दा कम छैन ।

samlingi-bibaha (3)

‘बिहे त हामीले पहिल्यै गरेका हौँ तर अस्ति बिहे दर्ता भएपछि त्यो भन्दा बढी खुसी लागेको छ । हामीले न्याय पाएका छौँ, त्यही भएर पनि मलाई बिहेको दिनभन्दा पनि अस्ति मेरै गाउँमा स्वागत गरेर हाम्रो विवाह दर्ता गरिदिनुभयो त्यो कुराले हामीलाई अझै पनि खुसी बनाएको छ । त्यो बेला समाजमा रहेका सबै पक्ष एकै ठाउँमा आएर भोज खुवाएर खुसीयाली मनाउनुभयो । त्यो बेला निकै खुसीयाली मनाइयो ।’ 

samlingi-bibaha (4)samlingi-bibaha (4)1samlingi-bibaha (5)samlingi-bibaha (6)samlingi-bibaha (8)samlingi-bibaha (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप