आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीले दलितलाई जबरजस्ती फसाउँछ : अध्यक्ष विश्वकर्मा

बिहीबार, ३१ जेठ २०८१, १७ : ५१
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रहरीले दलित समुदायलाई जबरजस्ती फसाउने गरेको आरोप लगाएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धेरै निर्दोष दलितलाई फसाएर नेपाल प्रहरीले जेल चलान गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले दलितहरुलाई फसाउने काम नगर्न भनेर आफूले पटकपटक प्रहरी नेतृत्वलाई भन्ने गरेको गुनासो पनि गरे । 

अध्यक्ष विश्वकर्माले दलित समुदायले कानुन नजानेर फस्ने गरेको भन्ने नेपाल प्रहरीको भनाइमा सत्यता नरहेको जिकिर समेत गरे । उनले दलितहरुलाई फसाउने काम हुन नदिन आयोगले नेपाल प्रहरीसँग मिलेर काम गर्ने योजना बनाएको बताए ।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक शारदा थापाले कानुनको जानकारी नभएका कारण पनि दलित समुदाय मुद्दा मामिलामा फस्ने गरेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप