आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको सुकेधारामा आगलागी

बिहीबार, ३१ जेठ २०८१, १८ : ०८
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । काठमाडौँको सुकेधारामा आगलागी भएको छ । सुकेधारास्थित केशमाया डंगोलको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । 

डंगोलको साढे ३ तले घरको भान्साबाट आगो सल्किएको हो । घटनास्थलमा डिएसपी अमर थापाको नेतृत्वमा टिम परिचालन गरिएको र आगो निभाउने प्रयास भइरहेको एसपी ढुंगेलले जानकारी दिए । 

घटनास्थलमा दमकलसहित अग्नि नियन्त्रकहरुले निभाउने प्रयास गरिरहेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप