आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनएसएलमा चितवनको पहिलो जित

शनिबार, ०१ असार २०८१, १९ : ४४
शनिबार, ०१ असार २०८१

काठमाडौँ ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलको शुक्रबार भएको खेलमा चितवन एफसी विजयी भएको छ ।  चितवन एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको खेलमा वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हरायो ।  

नेपाल सुपर लिगको इतिहासमा चितवनले हासील गरेको यो पहिलो जित हो । पहिलो संस्करण पनि खेलेको चितवनले एक जित पनि निकालेको थिएन ।

चितवनका लागि विमल घर्तिमगर र विदेशी खेलाडी टोरिन जेब्रिनले एक–एक गोल गरे । वीरगञ्जका लागि एक मात्र गोल एकिन्स कयी बाफोरले गरे ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप