आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुपर लिगमा आज झापाले पोखरा र धनगढीले ललितपुरको सामना गर्दै

शनिबार, ०१ असार २०८१, ०६ : ०५
शनिबार, ०१ असार २०८१

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्ने छन् । त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् । 

यसअभि हिजो भएको खेलमा एफसी चितवनले  पहिलो जित दर्ता गराएको थियो । चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । 

चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रीनले समान एक–एक गोल गरे । त्यस्तै वीरगञ्जका लागि भने आइकिन्स बाफुरले एक गोल फर्काए । 

जितसँगै चितवनले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित चार अङ्क जोडेको  छ । वीरगन्ज भने दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप