आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप ट्रफीमा खुट्टा राखेको विषयमा मार्सले के भने ?

शुक्रबार, ३२ जेठ २०८१, ०६ : ४९
शुक्रबार, ३२ जेठ २०८१

सिड्नी । अस्ट्रेलियाका क्रिकेटर मिचेल मार्सले विश्वकप ट्रफीमा खुट्टा राखेको विषयमा पहिलो प्रतिक्रिया दिएका छन् । उनले यसमा अपमानजनक केही नभएको र यो कार्य दोहोर्‍याउन आफूलाई कुनै समस्या नहुने बताउँदै आफ्नो बचाउ गरेका हुन् ।

विश्वकप जितेको लगत्तै अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आफ्नो इन्स्टाग्राम अकाउन्टमा मिचेल मार्स ट्रफीमा खुट्टा राखेर बसेको तस्बिर सार्वजनिक गरेका थिए । यो तस्बिर अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतीय फास्ट बलर मोहम्मद शमीले यो तस्बिर देखेर आफू दुखी भएको बताएका थिए ।

मार्सले एक कार्यक्रममा भने, ‘तस्बिरमा अपमानजनक केही थिएन । मैले यसको बारेमा धेरै सोचेको छैन। सामाजिक सञ्जालमा पनि यसबारे खासै चर्चा भएको छैन । तर, कतिपयले यो निकै चर्चाको विषय बनेको बताएका छन् । तर यसमा केही छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप