आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

परिवर्तन

शुक्रबार, ३२ जेठ २०८१, ०७ : ३५
शुक्रबार, ३२ जेठ २०८१

कलमले लेख्नुपर्छ,मसीले बोल्नु पर्छ अब
समाजबाट विभेदलाई हटाउन खोज्दा
पछाडि  धकेल्ने ती
तमाम विकृतिलाई पोल्नुपर्छ अब

जीवन बाच्न होइन जिउन दिइनुपर्छ अब
हरेक वर्गमाथि हुने विभेद सहने होइन 
ज्ञानको भकारी बोकेर होस या 
पोखेर होस् समाज परिवर्तन गर्नुपर्छ अब

उहिलेकोमा अल्झिने होइन अहिलेमा आउनुपर्छ अब
जसले जेसुकै भने पनि 
बाजेले तलवार चलाए, बाउले बन्दुक चलाए 
तर हामीले ज्ञानको आँधी चलाउनुपर्छ अब 

यहाँ सम्भव त छैन तर असम्भव पनि त छैन
क्रान्तिको मसाल बोक्न उठ्नुपर्छ अब
समाज बन्ने, भत्किने र सुध्रिने हामीबाटै त हो
भत्काउन होइन बनाउनतिर जुट्नुपर्छ अब ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईश्वर भट्ट
ईश्वर भट्ट
लेखकबाट थप