आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

यथार्थ

शुक्रबार, ३२ जेठ २०८१, ०७ : ४०
शुक्रबार, ३२ जेठ २०८१

कठिनाइ अनेकौँ थिए
सुनाउनेको कमी थिएन
जातमा सवाल फेरि किन ?
पक्कै मानिस हुनुको परिभाषा थाहा थिएन

जन्ती गए गोठामा बास
शुभ साइत, बाजा गाजा हाम्रै आस
सुन लगाऊ मेरै कला
पानी छौ सत्यनाश

कसैको कुल नचल्नु
जातको घमण्डमा मायाको जित्ने
कसैको ज्यान जानु
मायामा हार र कसैको रिसले

तल्लो भनेर माथि बस्नेहरू
मैले सिएको वस्त्र पहरिन्छन्
मैले काट्या मासु लुछ्दै
जातको निहुँले उसै बहकिन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

संयोग खत्री
संयोग खत्री
लेखकबाट थप