आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेशको आठै जिल्ला सदरमुकाममा सीसीटीभी क्यामरा जडान हुन्छ : मुख्यमन्त्री यादव

शुक्रबार, ३२ जेठ २०८१, ०८ : २९
शुक्रबार, ३२ जेठ २०८१

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले शान्ति सुरक्षाको मध्यनजर गर्दै प्रदेशको आठ वटै जिल्ला सदरमुकाममा सीसीटीभी क्यामरा जडान गर्ने बताएका छन् । 

राजधानी जनकपुरधामस्थित मधेस प्रदेश प्रहरी कार्यालयको शुक्रबार शिलान्यास गर्दै प्रदेश सरकारले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन आठ वटै जिल्लाको सदरमुकाममा यसै वर्ष सीसीटीभी क्यामरा जडान गर्न लागेको जानकारी दिए । 

बारामा दिनदहाडै एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको स्मरण गर्दै उनले भने– पुरानो सीसीटीभी क्यामराको फुटेजको आधारमा अपराधी पक्राउ परेको थियो । प्रदेशमा रहेको सुरक्षा चुनौतीको मध्यनजर गरेर सरकारले कुनै प्रकारको ढिलासुस्ती नगरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सुरक्षा निकायलाई हरसम्भव सहयोग गर्न तयार छ

मधेस प्रदेशमा कार्यरत प्रहरीका लागि प्रदेश सरकारले यसै वर्ष आवश्यक मेट्रेस (ओछ्याउने सामग्री) को व्यवस्था मिलाउँछ, मुख्यमन्त्री यादवले भने–प्रहरी चौकीहरूमा सवारीसाधनको लागि १५ करोड रुपैयाँ उपलब्ध गराउन लागेको छु । यसले प्रदेशको सुरक्षा व्यवस्था सुदृढ पार्न सहयोग पुग्नुका साथै सुरक्षा निकाय उच्च मनोबलका साथ अघि बढ्ने विश्वास लिएको छु ।

प्रहरी समायोजन नहुँदा समस्या भएको जिकिर गर्दै मुख्यमन्त्री यादवले प्रदेश मातहत प्रहरी आएपछि सबै सुविधा उपलब्ध गराउने बताए । प्रहरी प्रदेश सरकार मातहत आएमा राजश्व घट्ने होइन, डेढ गुणाले बढ्ने दाबी उनले गरे । 

cm s

सो अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद ससीमले मधेसमा प्रहरीको ओछ्यान लिएर हिँड्ने प्रचलनको अन्त्य गर्ने बताए । प्रहरीको सरुवा हुँदा आफ्नो विस्तार लिएर जानुपर्ने बाध्यात्मक अवस्था रहेको छ, उनले भने–यो बाध्यतालाई छिट्टै अन्त्य गरिन्छ ।

प्रदेशका चौकी र थाना निर्माण, पुनर्निर्माण, मर्मत सम्भार लगायतको कार्य गर्न १८ करोड रुपैयाँ छुट्ट्याइएको उनले जानकारी दिए । 

नेकपा एमाले मधेस प्रदेश संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले प्रहरीको लागि चौकी, थाना निर्माणका साथै सवारीसाधनको समेत व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरे । 

२३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा मधेस प्रदेश प्रहरी कार्यालय हालको सङ्घीय प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको हो । 

१८ महिनामा निर्माण हुने सम्झौता गरिएको उक्त भवन आधुनिक रहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप