आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनेत्री पायल घोषको दाबी - इरफान पठान मेरो एक्लो माया, गौतम गम्भीर धेरै कल गर्थे

शुक्रबार, ३२ जेठ २०८१, ०८ : ४०
शुक्रबार, ३२ जेठ २०८१

मुम्बई । अभिनेत्री पायल घोषले चकित पार्ने दाबी गरेकी छन् । पायलले सांसद गौतम गम्भीरले उनलाई नियमित रूपमा फोन गर्ने र पूर्व क्रिकेटर इरफान पठान मात्र उनले माया गर्ने व्यक्ति भएको दाबी गरेकी हुन्।

पायलले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘गौतम गम्भीरले मलाई लगातार मिस्ड कल दिन्थे र इरफान पठानलाई यो कुरा राम्ररी थाहा थियो। उनी मेरो हरेक कल चेक गर्थे । उनले यो कुरा युसुफ भाइ, हार्दिक र कृणाल पाण्ड्यालाई पनि भनेका थिए । जब म इरफानलाई भेट्न पुणे गएँ, बडोदाको घरेलु खेल चलिरहेको थियो।’

अर्को पोस्टमा उनले लेखेकी छिन्, ‘गौतम गम्भीर र अक्षय कुमार सबै मेरो पछि थिए तर मैले इरफान पठानलाई मात्र माया गर्थे । म इरफानलाई सबैको बारेमा बताउँथें, सबैको मिस कल देखाउने गर्थे । म इरफान पठानलाई मात्र माया गर्थे अरू कसैलाई होइन।’

पायलले थप लेखेकी छिन्, ‘हाम्रो ब्रेकअप पछि... म बिरामी भएँ... मैले वर्षौंसम्म काम गर्न सकिनँ... तर, मैले माया गरेको उनी मात्र थिए... त्यसपछि मैले कसैलाई माया गरिनँ।’ पायलका अनुसार उनले  इरफानलाई २०११ देखि डेट गरेकी थिइन् ।

पायलले फिल्म निर्माता अनुराग कश्यप विरुद्ध कथित यौन उत्पीडनको बारेमा पनि कुरा गरिन्। उनले सन् २०१४ मा अनुरागले आफ्नी अगाडि कपडा फुकालेर दुर्व्यवहार गर्ने प्रयास गरेको दाबी गरेकी थिइन् । तर कश्यपले पायलले आफूमाथि लगाएको यौन उत्पीडनको सबै आरोप अस्वीकार गरेका छन् ।

उनले कश्यपको विरुद्धमा फेरि भनिन्, ‘अनुराग कश्यपले मलाई बलात्कार गरेका थिए। तर, अक्षय कुमारले मसँग कहिल्यै दुव्र्यवहार गरेनन्, उहाँ यति ठूलो स्टार हुनुहुन्छ, म उहाँलाई सधैं सम्मान गर्छु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप