आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जजिरा र एयर अरेबियाको टिकट चोरी प्रकरण : मर्स्याङ्दी ट्राभल्सका सञ्चालक पक्राउ

बिहीबार, २१ मङ्सिर २०८०, ०९ : ५४
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्स्याङ्दी ट्राभल्सका सञ्चालक हरि प्रसाद सुवेदी छन् ।

पर्वत घर भएका ४७ वर्षीय सुवेदीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

यसअघि मङ्सिर ६ मा ब्युरोले सामाखुसी स्थित मर्स्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । आरोपीहरूले बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रा.लिको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ । भारतीय नागरिकको सहयोगमा आरोपीहरूले टिकट चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।  

ह्याकरहरुले पटक–पटक गरेर १ करोड ९९ लाख ८२ हजार बराबरको टिकट चोरी गरेको ब्युरेले गरेको अनुसन्धानबाट थाहा भएको छ । अहिलेसम्म ३३७ जना नेपाली र विदेशी नागरिकको नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

आरोपीहरू विरुद्ध सिआईबीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप