आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कटुवा पेस्तोल देखाएर श्रीमतीलाई हत्या गर्ने धम्की दिने श्रीमान् पक्राउ

बिहीबार, २१ मङ्सिर २०८०, ११ : ४९
बिहीबार, २१ मङ्सिर २०८०

जनकपुरधाम । धनुषामा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने धम्की दिइरहेका एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् ।

धनुषा प्रहरीका अनुसार ठाकुरले आज साँझ साढे ५ बजेको समयमा आफ्नै श्रीमती ५० वर्षीया रामकाशी देवी ठाकुरलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए ।

सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलीले उनको शरीर तथा घर खानतलासी गर्दा ९ इन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप