आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोप–२८ मा भाग लिन सिके राउत दुबई प्रस्थान

बिहीबार, २१ मङ्सिर २०८०, १३ : १६
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको सो कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री प्रचण्ड स्वयं पनि सहभागी भएका छन् । 

प्रधानमन्त्री प्रचण्ड मङ्सिर १३ गते दुबई प्रस्थान गरेका थिए । यो सम्मेलन डिसेम्बर १२ मा सकिनेछ । कोप–२८ ले दीर्घकालीन विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यलाई जीवन्त राख्ने अपेक्षा गरिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप