आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुलेश्वरको गोदाममा भएको आगलागी नियन्त्रणमा

बिहीबार, २१ मङ्सिर २०८०, १४ : ३३
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । शनिबार काठमाडौँको कुलेश्वरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका वडा नं.१४, कुलेश्वरस्थित विभिन्न सामग्री भण्डारण गरी राखिएका तीन वटा गोदामहरूमा आगलागी भएको थियो  ।

पर्सा वीरगंज घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ३४ वर्षीय पप्पु कुमार गुप्ताको सनम प्लास्टिक कारखाना नाम गरेको कवाडी गोदाम र कपडा पेलेर रूवा बनाउने गोदाममा करेन्ट सर्ट भई गएराति आगलागी भएको प्रहरीको भनाई छ । 

खबर प्राप्त हुनासाथ बिहान करिब साढे ३ बजेदेखि परिचालित नेपाली सेनाको फायर फाइटिङ्ग टोलीले अन्य निकायहरू तथा स्थानीयको सहयोग र वारुणयन्त्रको समेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिएको हो । आगलागीबाट भएको क्षति विवरण भने आउन बाँकी रहेको छ ।

123456

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप