आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धमाकेदार ओपनिङबिच एनिमलका निर्मातालाई ठुलो झट्का

बिहीबार, २१ मङ्सिर २०८०, १६ : १७
बिहीबार, २१ मङ्सिर २०८०

एजेन्सी

मुम्बई । रणवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘एनिमल’ शुक्रबार डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएको छ । ‘एनिमल’को बम्पर ओपनिङसँगै निर्मातालाई ठुलो झट्का लागेको छ ।

फिल्मले रिलिजको पहिलो दिन बम्पर कलेक्सन गरेको छ । तर यो खुसीको बिचमा निर्मातालाई ठुलो झट्का लागेको छ । मिडिया रिपोर्टका अनुसार फिल्म ‘एनिमल’ रिलिज भएको २४ घण्टाभन्दा कम समयमै अनलाइन लिक भएको छ । यस्तो अवस्थामा यसको आम्दानीमा असर पर्ने सम्भावना छ ।

ई-टाइम्सको रिपोर्टका अनुसार ‘एनिमल’ रिलिज भएको केही घण्टामै फुल एचडी प्रिन्टमा अनलाइन लिक भएको छ । यो चलचित्र टोरेन्ट वेबसाइटहरूमा नि:शुल्क डाउनलोड गर्न उपलब्ध छ। फिल्मलाई नियमित फर्वार्डजस्तै व्हाट्सएपमा पनि सेयर गरिएको मनोरञ्जन पोर्टलको दाबी छ । यद्यपि 'एनिमल' मात्र होइन, विक्की कौशलको साम बहादुर पनि रिलिज भएको केही घण्टामै अनलाइन लिक भएको छ ।

सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ‘एनिमल’ मा रणवीर र रश्मिका मन्दानाले मुख्य भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा दुवैले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । 

फिल्ममा बबी देओल, अनिल कपूर र तृप्ति डिमरी लगायतका कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फिल्मको कथा बाबु र छोराबिचको विषाक्त सम्बन्धको वरिपरि घुमेको छ । यो चलचित्रले ओपनिङ दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप