आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मनोहरामा मोटरसाइकललाई ठक्कर दिएर फरार चालक पक्राउ

बिहीबार, २१ मङ्सिर २०८०, १८ : १६
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । मोटरसाइकललाई ठक्कर दिई फरार रहेका निशान गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  

गत बिहीबार राति ११:५० बजे काठमाडौँ जिल्ला कागेश्‍वरी मनोहरा नगरपालिका वडा नं.५ थली स्थित सडकखण्डमा प्रदेश ३-०१-०० ३ क ६४८८ न.को निशान गाडी र बाग्मती प्रदेश ०२-०३२ प ३३४१ नं. को मोटर साइकल एक आपसमा ठक्कर खाई सवारी दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शंखरापुर नगरपालिका वडा नं.८ साँखु निवासी अन्दाजी ३०-३२ वर्षका सुलभ मोक्तान र मोटरसाइकलमा पछाडि सवार डम्मर बहादुर तामाङ घाइते भएका थिए । दुवैलाई तत्काल उपचारार्थ शंखरापुर अस्पताल नारायणटार लगिएकोमा उपचारको क्रममा मोक्तानको शुक्रबार मृत्यु भएको थियो । त्यस्तै तामाङ पनि गम्भीर घाइते भएका रहेका छन् ।

दुर्घटनापछि निशान गाडी चालक काभ्रेपलाञ्चोक स्थायी ठेगाना भएका १९ वर्षीय सञ्जय स्याङ्तान गाडी छाडी फरार रहेका थिए । उनलाई प्रहरी वृत्त बौद्धबाट खटिई गएको प्रहरी टोलीले शुक्रबार ललितपुरको हरिसिद्धीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । उनीमाथि सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान कार्य भई रहेको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप