आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

बिहीबार, २१ मङ्सिर २०८०, २० : ३२
बिहीबार, २१ मङ्सिर २०८०

गोरखा । गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छभने अन्य तीन जना घाइते भएका छन् । जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडकखण्डमा भएको  दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको   जिल्ला ट्राफिक प्रहरी कार्यालयले  जनाएको छ । 

दुर्घटनामा सोही पालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ । 

उता राजविराजबाट प्राप्त समाचारअनुसार सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित कदमाहामा ट्रकको ठक्करबाट सोही  नगरपालिका–५ का ३५ वर्षीय मोहमद हारुनको घटनस्थलमा नै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ट्रकले विपरीत दिशाबाट आउँदै गरेको  मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिई  अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप