आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
असहायको सहायता बन्दै अपाङ्गता पुनर्स्थापना केन्द्र (तस्बिरहरू)
अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

असहायको सहायता बन्दै अपाङ्गता पुनर्स्थापना केन्द्र (तस्बिरहरू)

शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । वि.स २०५३ सालमा काँडा बिझेर खुट्टा नै काट्न परेपछि कृत्रिम खुट्टा लगाउँदै आएकी ६४ वर्षीय बिजुली गमाल अहिले पनि बेला बेलामा कृत्रिम खुट्टाको चेकजाँच र बिग्रिँदा  भृकुटीमण्डप स्थित अपाङ्ग पुनर्स्थापना केन्द्र धाइरहन्छिन् । गमालले निरन्तर २८ वर्ष सम्म कृत्रिम खुट्टा लगाउँदै आएकी छिन । कृत्रिम खुट्टा लगाउन पाएपछि आफूलाई अपाङ्ग भएको महसुस नै हुने नगरेको उनको अनुभव छ । 

“अहिले सजिलैसँग घाँस दाउरा र घरको सबै काम गरेको छु “ उनले भनिन्,“कृत्रिम खुट्टा लगाएपछि खुट्टा नभएको अनुभव भएको छैन “ । हो बिजुली जस्तै शारीरिक अपाङ्ग भएकाले अपाङ्ग पुनर्स्थापना केन्द्र बाट बन्ने कृत्रिम खुट्टा र अन्य कार्यक्रमबाट लाभ लिइरहेका छन् ।

वि.स २०३९ सालमा स्थापना भएको हो, अपाङ्गता पुनर्स्थापना केन्द्र । जसको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई व्यावसायिक र सीपमूलक तालिम दिई गुणस्तरीय सेवा प्रदान गर्नु हो । समाज कल्याण परिषद्बाट सञ्चालित पुनर्स्थापना केन्द्रले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि फिँजियो थेरापी सेवा, अकुपेशन सेवा र परामर्श सेवा दिदै आइरहेको छ । साथै स्पाइनल कर्ड, खुट्टा काटिएका, कुहिनाभन्दा माथि हात काटिएका एक साइड प्यारालाइसिस हड्डीको समस्या भएका सबै बिरामीहरूका लागि सेवा प्रदान गर्ने गरेको छ । 

केन्द्रले आर्थिक रूपमा कमजोर भएकालाई निःशुल्क र अन्यलाई सहुलियतमा सेवा दिदै आइरहेको छ  । गमाल जस्तै अन्य धेरैले पुनर्स्थापना केन्द्रबाट लाभ लिएका छन् । अपाङ्ग व्यक्तिले पनि सामान्य मानिसले झैँ काम गर्न सक्छन् भन्ने उदाहरण बनेकी धादिङ कि सुनिता इटानी पेशाले नर्स हुन । तर विगत १० वर्षदेखि उनले कृत्रिम खुट्टाको प्रयोगबाट हस्पिटल जाने बिरामीको हेरचाह गर्ने गरेकी छिन । सरकारले भने अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सहायता सामग्रीको व्यवस्थापनमा चासो नदिएको पुनर्स्थापना केन्द्रको गुनासो रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया