आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युनाइटेडलाई न्युक्यासलको झट्का

सोमबार, २८ जेठ २०८१, ०९ : २१
सोमबार, २८ जेठ २०८१

लण्डन । म्यानचेस्टर युनाइटेड पछिल्लो एक महिनामा  न्युक्यासल युनाइटेडसँग दोस्रो पटक पराजित भएको छ । शनिबार राति प्रिमियर लिगमा युनाइटेड ०–१ गोलले स्तब्ध बनेको हो ।

खेलको ५५ औँ मिनेटमा एन्थोनी गोर्डनले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । खेलमा न्युक्यासलका गोलकिपर निक पोप घाइते भएका थिए । उनको काँधमा गम्भीर चोट लागेको बताइएको छ ।

यसअघि न्युक्यासलले युनाइटेडलाई काराबाओ कपमा उसैको घरेलु मैदानमा ३–० ले पराजित गरेको थियो । शनिबारको जीतपछि न्युक्यासलले १४ खेलबाट २६ अङ्क बटुल्दै तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । युनाइटेड समान खेलबाट २४ अङ्क बटुल्दै सातौँ स्थानमा खस्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप