आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्सनललाई शीर्ष स्थानमा चार अङ्कको अग्रता

सोमबार, २८ जेठ २०८१, ०९ : ४२
सोमबार, २८ जेठ २०८१

लण्डन । वूल्भरह्याम्पटन वान्डरर्सलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा चार अङ्कको अग्रता बनाएको छ । शनिबार भएको खेलमा आर्सनल २–१ गोलले विजयी बनेको हो ।

टोलीले खेलको छैटौँ मिनेटमा नै बुकायो साकाको गोलमा अग्रता बनाएको थियो । ७ मिनेटपछि कप्तान मार्टिन ओडेगार्डले ओलेक्सान्डर जिनचेन्कोको पासमा टोलीको अग्रता दोब्बर बनाए । 

तेस्रो गोलको खोजीमा रहेको आर्सनलका लागि ग्याब्रिएल मार्टिनेली, लियान्ड्रो ट्रोसार्ड र ग्याब्रियल जिसुसले प्रयास गरे पनि असफल बनेका थिए । वूल्भ्सले दोस्रो हाफमा आफ्नो खेल सुधार गरेको थियो ।

खेलको ८६ औँ मिनेटमा माथेयस कुन्हाले टोलीका लागि एक गोल पनि फर्काए पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।

१४ खेलबाट आर्सनलको ३३ अङ्क रहेको छ । एक खेल कम खेलेको सिटी २९ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । वूल्भ्स भने १५ अङ्क बटुल्दै लिगको १३ औँ स्थानमा झरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप