आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बेनी बजारमा’ उषा र दिनेशको रोमान्स

सोमबार, २८ जेठ २०८१

काठमाडौँ । गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन् । दीपक शर्माले शब्द तथा सङ्गीत रहेको गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भाव उतारिएको छ । 

कुमार केसीको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेको अभिनय छ । अनिल के. मानन्धरको छायाङ्कन तथा मनोज कार्कीले भिडियोमा छ ।

वि.सं. २०६० देखि गायनमा सक्रिय सुरजको यो १६औँ गीत हो । आफ्नै एल्बमको रूपमा उनले पहिलो पटक २०६९ सालमा ‘सुर हार्मोनिकल नोट’ नामबाट एल्बम बजारमा ल्याएका थिए । श्रेष्ठका ‘जिस्कन्छे मुईयाले’, ‘मुद्दा हाल्दिनु’, ‘पहिलो माया’, ‘भुल्यौ की’, ‘लाग्दैन निद्रा’ लगायतका गीतहरू चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया