आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२२ घण्टामा साढे १० करोडले हेरे सलारको ट्रेलर

सोमबार, २८ जेठ २०८१, ११ : ४३
सोमबार, २८ जेठ २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म सलारको ट्रेलर रिलिज भएको छ । शुक्रबार १ डिसेम्बरमा रिलिज भएको यो ट्रेलर रिलिज हुने बित्तिकै ट्रेन्डिङमा थियो । युट्युबमा ५ ओटा भाषामा रिलिज भएको फिल्मको ३ मिनेट ४७ सेकेन्डको ट्रेलरलाई २२ घण्टामा १० करोड ५० लाख पटक हेरिएको थियो । 

रिलिजको ३० मिनेटमै ट्रेलरले ३२ लाख भ्यू पाएको थियो । सबैभन्दा धेरै भ्यू हिन्दी भाषामा ५ करोड १० लाख थियो । 

केजीएफको झल्को दिने फिल्म
फिल्म दुई जना मित्रको कथामा आधारित रहेको ट्रेलरबाट देखिन्छ । फिल्मले कता कता केजीएफ र केजीएफ टूको झल्को दिन्छ । ३ मिनेट ४७ सेकेन्डको यो ट्रेलरमा प्रभासको इन्ट्री निकै पछाडि मात्रै देखाइएको छ । प्रभास आउनेबित्तिकै हाई लेभल एक्शन देख्न पाइन्छ । फिल्म इमोशन, एक्शन र ड्रामाले भरपूर रहेको ट्रेलरले देखाएको छ ।

सलार २२ डिसेम्बरमा रिलिज हुँदै छ । यसको निर्देशक प्रशान्त नील हुन् । नीलले यस अघि केजीएफ, केजीएफ–२ जस्ता सुपरहिट फिल्मको निर्देशन गरिसकेका छन् । फिल्ममा प्रभासको साथमा पृथ्वीराज सुकुमारन, श्रुति हसन र जगपति बाबु महत्त्वपूर्ण भूमिकामा छन् ।

एक वर्षदेखि रिलिजको पर्खाइमा

फिल्म गएको वर्ष अप्रिल १४ मा रिलिज हुने बताइएको थियो । तर केजीएफ–२ को रिलिजका कारण निर्देशक नीलले यो फिल्मको रिलिज रोकिदिए । फिल्म गएको सेप्टेम्बर २८ मा रिलिज हुने बताइएको थियो । तर प्रडक्शनसँगको डिलको कारण यो मिति सरेर डिसेम्बर २२ मा पुग्यो । जुलाई ६ मा फिल्मको टिजर जारी भएको थियो । टिजरले पनि कयौँ रेकर्ड तोडेको थियो ।

प्रभासको सलार रिलिज हुने दिनमा शाहरुख खानको डंकी पनि रिलिज हुँदै छ । दुवै ठुला बजेटको फिल्म हुन् । अनि दुबैमा स्टार काष्टिङ छन् । बाहुबलीको सिक्वेलयता प्रभासले हिट फिल्म दिन सकेका छैनन् । निकै आशा गरिएको आदिपुरुषले पनि खासै कमाल गर्न सकेन । उल्टै प्रभासको करियरमा यस फिल्मले नकारात्मक प्रभाव पारेको छ । यस्तोमा सलारबाट प्रभासले निकै आशा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप