आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तामाङ समाज युएईद्वारा विद्यालयलाई सहयोग

सोमबार, २८ जेठ २०८१, १३ : ०२
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा युएई पुगेका तामाङहरूको छाता संगठन तामाङ समाज युएईले  काभ्रे तेमाल गाउँपालिका वडा नं. ९ स्थित मैनाजाङ आधारभूत विद्यालयलाई नगद सहयोग गरेको छ ।

शिक्षाको लागि समाज नामको कार्यक्रम सञ्चालन गर्दै आएका उक्त समाजले युएईमा सङ्कलन गरेको रकममध्ये १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग काठमाडौँको बौद्ध स्थित एक होटलमा औपचारिक कार्यक्रमको बिच हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको हातबाट सोही वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायतका टिमलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा तामाङ समुदायका जेहनदार विद्यार्थीहरू सोनाम तामाङ, परेन्द्र मोक्तान र विजयी घले सहित ३ जनालाई २०/२० हजारको दरले नगद छात्रवृत्ति, उर्ग्येन फेल्ग्येन लिङ गोन्पालाई ५० हजार, नेपाल सरकारका पूर्व सचिव धन बहादुर तामाङ र गायिका इन्दिरा गोलेलाई २०/२० हजार नगद राशि सहितको सम्मान र सांस्कृतिक प्रस्तुति दिन युएई पुगेका कलाकारहरूलाई सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रमको अध्यक्षता तामाङ समाज युएईका अध्यक्ष जितेन्द्र गोले तामाङले गरेका थिए भने विशेष अतिथिहरूमा नेकपा एमालेका नेतृ नवीना लामा, ताम्सालिङ संघर्ष समिति संयुक्त डा. गणेश योञ्जन, तामाङ समाज युएईका संस्थापक सदस्य तथा पूर्व अध्यक्षहरू राम मोक्तान, महेश मोक्तान लगायत विशिष्ट व्यक्तिहरू रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप