आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सङ्गीतकार श्रेष्ठलाई ‘पाठक कला सङ्गीत सम्मान– २०७९’ प्रदान

सोमबार, २८ जेठ २०८१, १४ : १४
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ ‘पाठक कला सङ्गीत सम्मान– २०७९’द्वारा सम्मानित भएका छन् । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले उनलाई आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा नगद सहित सम्मान गरेको हो ।

श्रेष्ठले नेपालको साङ्गीतिक पृष्ठभूमि भित्र गीतसङ्गीत र साहित्यलाई थप उचाइमा पुर्‍याउनका लागि अनवरत रूपमा गायन तथा सङ्गीतको क्षेत्रमा कार्यरत रहँदै आएको भन्दै मञ्चले श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठलाई नेपाल संस्कृति विश्व विद्यालयका उपकुलपति प्रा.डा.यादव प्रकाश लामिछानेले उक्त सम्मान प्रदान गरे ।

कार्यक्रममा संस्थाको नवनिर्मित भवन समेत उद्घाटन भएको थियो । सोही अवसरमा दाङका अन्य स्रष्टालाई समेत सम्मान गरिएको थियो ।कार्यक्रम देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप