आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ह्वाट्स एपमा आफूलाई कसले ब्लक गरेको छ ? कसरी थाहा पाउने ?

सोमबार, २८ जेठ २०८१, १५ : ३४
सोमबार, २८ जेठ २०८१

काठमाडौं । पछिल्लो समय ह्वाट्स एप चलाउनेको सङ्ख्या बढेको छ । हरेकको फोनमा ह्वाट्स एप पाइन्छ । टाइमपासका लागि मात्रै नभएर अत्यावश्यक कामका लागि यसलाई चलाउनेहरू पनि बढेका छन् । प्रयोगकर्ताको सहजताका लागि कम्पनीले अनेकौँ फिचर ल्याइरहेको छ ।

ह्वाट्एपमा कसैले तपाईंलाई दिक्क बनाइरहेको छ, दुःख दिइरहेको छ भने त्यस्ताबाट बच्ने उपाय पनि छ । अर्थात् उनीहरूलाई ब्लक पनि गर्न सकिन्छ । अब आफूलाई कसैले ब्लक गरेको छ कि छैन त्यो पनि हेर्न सकिन्छ । 

केही सेकेन्डमै यो पत्ता लगाउन सकिन्छ । कसैले तपाईंलाई ब्लक गरेको छ भने तपाईंको च्याटमा त्यो व्यक्तिको अनलाइन स्ट्याटस देखाउँदैन । तपाईंले ऊ कहिले अनलाइन थियो वा लास्ट सिन कति बेला भयो भनेर थाहा पाउन पनि सक्नुहुन्न । कहिलेकाहीँ भने प्रयोगकर्ता नै आफ्नो प्राइभेसी सेटिङमा हेरफेर गरेकोले पनि लास्ट सिन र अनलाइन स्ट्याटस हाइड हुन सक्छ ।

मलाई यो मान्छेले ब्लक गरिदियो कि जस्तो शंका लाग्छ भने ह्वाट्सएपमा उसलाई फोन गरेर हेर्नुस् । तपाईंको फोन लागेन भने बुझ्नुस् उसले तपाईंलाई ब्लक गरेको छ । तेस्रो सङ्केत चाहिँ त्यो युजरको प्रोफाइलमा फोटो देखिँदैन । उसले प्रोफाइलमा नयाँ फोटो राखेको छ भने तपाईंले देख्न सक्नु हुन्न । 

अर्को सङ्केत चाहिँ तपाईंले कसैलाई ह्वाट्स एपमा म्यासेज पठाउनु भयो तर म्यासेज एउटा टिकको साथमा मात्रै गयो भने पनि तपाई ब्लकमा पर्नु भएको हुन सक्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप