आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईपीएलको ‘अक्सन’ दुबईमा हुने

शुक्रबार, २८ वैशाख २०८१, १६ : ४२
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ‘अक्सन’ (लिलामी) दुबईमा हुने भएको छ । आइतबार अक्सन हुने स्थानबारे आईपीएलले ‘एक्स’ मार्फत जानकारी दिएको हो । दुबईको एउटा भवनको तस्बिरसहित आईपीएलले ‘एक्स’मा लेखेको छ, ‘तपाईंहरु तयार हुनुहुन्छ ?’

अक्सन आगामी पुस ३ गते हुने जनाइएको छ । मङ्सिर १० गते आईपीएलका सबै टिमले रिलिज र रिटेन गरेका खेलाडीको सूची सार्वजनिक गरेका थिए । आईपीएलमा १० फ्रेन्चाइजीले कुल ७७ खेलाडी लिन बाँकी छ । 

शुक्रबार आईपीएलले सबै फ्रेन्चाइजीलाई एक हजार १६६ खेलाडीको सूची बुझाएको छ, जो आईपीएलमा लिलामीका लागि आफ्नो नाम दर्ता गराएका छन् । तीमध्ये एसोसिएट देशका ४५ खेलाडी छन् । यस्तै अन्क्याप्ड (आफ्नो मुलुकको राष्ट्रिय टिममा नखेलेका) ९०९, भारतकै राष्ट्रिय टिममा खेलिसकेका १८ खेलाडी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप