आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा पाँच जना मृत अवस्थामा फेला

शुक्रबार, २८ वैशाख २०८१, १८ : २२
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भएका ४१ वर्षीय निमा लामा आज मृत अवस्थामा फेला परेका छन् । उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसैगरी दाङ जिल्ला घोराही  उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलामा सोही उपमहानगरपालिका–१७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी आजै मृत अवस्थामा फेला परेको जनाइएको छ । 

कञ्चनपुर जिल्ला बेल्डाँडी गाउँपालिका–१ नवज्योती टोल  बस्ने ४७ वर्षीया रुपा सुनार आफ्नै घरमा आज मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ललितपुर जिल्ला ललितपुर महानगपालिका–२५ भैँसेपाटी ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया एलिना राई आफु बस्ने कोठाको बाहिर पट्टिको शौचालयमा मृत अवस्थामा फेला परेकी छन् । 

झापा जिल्ला गौरादह नगरपालिका–४ डोरामारी बस्ने ७५ वर्षीय जयप्रसाद सङ्ग्रौला गौरादह नगरपालिका–४ र गौरदह नगरपालिका–६ को सिमानामा पर्ने दामुना खोलामा आजै मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप