आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

शुक्रबार, २८ वैशाख २०८१, १८ : ५१
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका हुन् । 

WhatsApp Image 2023-12-03 at 18.49.41_abdfff8f

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए । शनिवार सो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताएका थिए । 

WhatsApp Image 2023-12-03 at 18.49.41_4132787f

प्रधानमन्त्री प्रचण्ड गत मङ्सिर १३ गते सो सम्मेलनमा लिन दुबई प्रस्थान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप