आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिगमा बुटवल लुम्बिनीको पहिलो जित

शुक्रबार, २८ वैशाख २०८१, १९ : ५५
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । बुटवल लुम्बिनीले जारी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा आइतबार पहिलो जित निकालेको छ । दशरथ रंगशालामा जारी सिजनमा आफ्नो तेस्रो खेलमा बुटवलले स्पोर्टिङ इलामामाथि २–१ को जित निकाल्दै पहिलो जित निकालेको हो । 

निकै रोमाञ्चक खेलमा बुटवलले शुरुवात अग्रता लिएको थियो । तर स्पोर्टिङ इलामले गोल फर्काए पनि कप्तान एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोल प्रेरणामा बुटवलले अग्रता लियो । सोही गोल नै बुटवललाई जारी सिजन तीन अङ्क दिलाउन पर्याप्त बन्यो । बुटवलले यसअघिका दुई खेलमा पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २–० र धनगढी एफसीसँग १–० ले हराएको थियो ।

यता, स्पोर्टिङ इलामले पनि दोस्रो हार व्यहोरेको छ । इलामले पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० को हार व्यहोर्दा दोस्रो खेलमा झापा एफसीमाथि १–० को जित निकालेको थियो । त्यसअघि तेस्रो मिनेटमा स्पोर्टिङ इलामका भरत खवासको प्रहार पहिलो बारमा लागेर फर्कियो । फोडे क्यामराको पासमा भरतको वान टच बारमा लागेर फर्किएपछि इलामले अग्रता लिन पाएन । बुटवल लुम्बिनीले छैटौं मिनेटमा पहिलो अवसर सिर्जना ग¥यो । करिव ३५ यार्ड टाढाबाट बुटवलका एरिक बिष्टले गरेको फ्रिकिक प्रहार इलामका गोलकिपर विकेश कुथूले सहजै नियन्त्रणमा लिए ।

२६ औँ मिनेटमा अमाथ एण्डअले नजिकै दूरीबाट गोल गर्ने अवसर गुमाए । ३५ औँ मिनेटमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका बुटवलका आशिष लामाले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । जिलेस्पीजंग कार्कीको पास नियन्त्रण लिँदै आशिषको फितलो प्रहार इलामका गोलकिपर विकेश कुथुले सहजै रोके । ३९ औँ मिनेटमा इलामका फोडे क्यामराले २२ यार्ड नजिकबाट गरेको फ्रिकिकलाई पोस्टको दिशा दिन सकेन । ४५ औँ मिनेटमा स्टेफन बिनोङको नजिकै दूरीबाट हेडर इलामका गोलकिपर विकेशको खुट्टामा ठोक्किएर फर्किन पुग्यो ।

त्यससँगै पहिलो हाफको खेल गोलरहित बरीबरीमा रह्यो । दोस्रो हाफको केही समयमा नै बुटवल लुम्बिनीले अग्रता लियो । जिलेस्पिजगंले पेनाल्टी क्षेत्रबाटै दिएको पासमा अनमार्क रहेका बिनोङले सहज गोल गर्ने अवसर पाए । ५८ औँ मिनेटमा फोडेको १० यार्डनजिकबाट गरेको प्रहार बुटवलका गोलकिपर मोहमोडौले उत्कृष्ट बचाउ गरे । सोही क्रममा ह्यान्डबल भएपछि इलामले पेनाल्टीमार्पmत खेलमा फर्किने अवसर खेर फाल्यो । एर्नेस्ट टेम्पीले ह्याण्डबल गरेपछि इलामले पेनाल्टी पाएको थियो । तर फाडे क्यामराले सो पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

उनको फितलो पेनाल्टी प्रहार बुटवलका गोलकिपर मोहमोडौले बचाउ गर्दै आफ्नो टोलीको अग्रता जोगाए । ६५ औँ मिनेटमा बुटवलको अग्रता दोब्बर बनाउने अवसरमा कुथू बाधक भए । आशिष लामाले बायाँ भागबाट गरेको प्रहार कुथूले रोके । त्यसको चार मिनेटपछि अबडौल्गे बाले खेलमा फर्किने उत्कृष्ट अवसर गुमाए । अमाथले पेनाल्टी क्षेत्रबाट दिएको उत्कृष्ट पासमा बा करिव आठ यार्डनजिकबाट गोल गर्न असफल रहे । ७६ औँ अमाथको क्रस बल रोक्ने प्रयासमा गौरव श्रेष्ठले क्लियर गर्ने प्रयासमा आफ्नै पोस्टमा लागेर बाहिरियो ।

एक मिनेटपछि फोडेले २२ यार्ड टाढाबाट गरेको सशक्त प्रहार बुटवलका गोलकिपर मोहमोडौले उत्कृष्ट बचाउ गरे । लगत्तै रिबाउन्ड बललाई नियन्त्रणमा लिँदै बाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार गोलकिपर मोहमोडौको हातमा नै पुग्यो । तर, ७८औँ मिनेटमा फोडेले गोल गर्दै इलामलाई खेलमा फर्काए । सन्तोष खत्रीको लामो प्रहार माथिल्लो बारमा लागेर तल झरेको बललाई गोलकिपर मोहमोडौले नियन्त्रणमा नसक्दा बाले गोल गरेका हुन् । ८८औँ मिनेटमा बुटवल लुम्बिनीका कप्तान एरिक बिष्टले उत्कृष्ट फ्रिकिक गोल गर्दै पुनः अग्रता दिलाए ।

इलामका अमाथले बिनोङलाई लडाएपछि बुटवलले करिब ३० यार्ड टाढाबाट पेनाल्टी अवसर पाएको थियो । सो अवसर सदुपयोग गर्दै एरिकले उत्कृष्ट गोल गरे । त्यो गोल जारी सिजनकै उत्कृष्ट गोल थियो । इन्जुरी समयमा इलामका नवीन लामाले खेलमा फर्किने अवसर गुमाए । फोडेको उत्कृष्ट क्रस बललाई पेनाल्टी क्षेत्रमा अनमार्क रहेका नवीनको हेडर दोस्रो बार हुँदै बाहिरियो । त्यससँगै बुटवल लुम्बिनीले स्पोर्टिङ इलाममाथि रोमाञ्चक जित निकाल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप