आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन

शुक्रबार, २८ वैशाख २०८१, २० : ३९
शुक्रबार, २८ वैशाख २०८१

 काठमाडौँ । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्रान्डका जुत्ता चप्पलको सामूहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामूहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरेका हुन् ।

jutta ghar (1)

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाँचौँ शोरुम हो । यस अघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ । 

jutta ghar (2)

यस शोरुममा उत्पादक र उपभोक्तबिच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुचि र चाहना अनुरूपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरूको विश्वास रहेको छ । 

सातदोबाटो नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, रोयल सुज, फस्टवाक सुज, क्रस रोड सुज, डि.जे. सुज, कोसेली छाला जुत्ता, रन सुज र स्मार्ट सुज गरी ८ वटा ब्रान्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेका छन् ।

jutta ghar (4)jutta ghar (5)jutta ghar (6)jutta ghar (7)jutta ghar (8)jutta ghar (9)jutta ghar (10)jutta ghar (11)jutta ghar (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप