आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लहानमा साइकल स्टोरमा आगलागी, लाखौँको क्षति

बुधबार, ०२ जेठ २०८१, २० : ५९
बुधबार, ०२ जेठ २०८१

सिरहा । लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ ।  लहान नगरपालिका ३ स्थित नेपाल साइकल स्टोरमा आज आगलागी हुँदा करिब ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

आगलागीमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जा जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

आगलागीमा करिब ६० लाख बरावरको धनमाल जलेको अनुमान गरिए पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । आगलागीको कारण अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले बताए ।

लहान नगरपालिका र गोलबजार नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगो करिब २ बजेतिर नियन्त्रणमा लिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप