आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यूरो २०२४ ड्र मा सुनिएको ‘सेक्सको आवाज’ बारे यूईएफएले अनुसन्धान गर्दै

बुधबार, ०२ जेठ २०८१, २१ : २४
बुधबार, ०२ जेठ २०८१

ह्यामबर्ग । शनिबार यूरो २०२४ को ड्र सार्वजनिक गर्ने कार्यक्रमका दौरान ‘सेक्सको आवाज’ सुनिएको विषयमा यूईएफएले अनुसन्धान सुरु गरेको छ । स्वीटजरल्याण्ड समूह ए मा स्कटल्याण्ड, हंगेरी र जर्मनीसँगै परेको घोषणा हुँदा आपत्तिजनक आवाज सुनिएको थियो ।

यसअघि जनवरीमा एफए कपमा लिभरपुल र वूल्भ्सविरुद्धको खेलअघि बीबीसीको कार्यक्रममा पनि यस्तै आवाज सुनिएको थियो । युट्युब फ्रांकस्टर डेनियल जार्भिसले दुवै घटनाको जिम्मेवारी लिएका छन् । जार्भिसले सामाजिक सञ्जाल एक्समा लाइभ आउँदै मोबाइल फोनबाट सो आवाज निकालेको स्वीकार गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप